१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रंगुन खोलामा पुल नहुँदा स्थानीयलाई सास्ती


0
Shares

डडेलधुरा, साउन १० । डडेलधुराको आलिताल परशुराम भएर बग्ने रंगुन खोलामा पुल नहुँदा स्थानीयलाई सास्ती हुने गरेको छ ।

वर्षामा बाढी पहिरोको उच्च जोखिम रहेको भित्रिमधेश क्षेत्र डडेल्धुराको आलिताल गाउँपालिका वडा नंं ३, ५ र ८ का स्थानीयलाई समस्या भएका हो ।

खोलामा पानीको सतह बढेपछि दुई घण्टा हिँडेर आलितालको कालाकोटमा रहेको झोलुङ्गे पुल पुग्नुपर्ने बाध्यता छ । सुदूरपश्चिमको सबैभन्दा ठूलो तलाउ आलितालसम्म जाने बाटोमा रहेको खोलामा पुल नबन्दा आन्तरिक तथा बाह्य पर्यटन पनि वर्षामा प्रभावित भएको छ ।