
काठमाडौं, साउन १२ । बाँकेका एक युवाले माटाको मूर्तिहरु तयार गर्न शुरु गरेका छन् । नेपालगञ्ज ७ घाँसियार टोलका १८ वर्षिय छोटु केवटले माटाका मूर्तिहरु निर्माण गर्न सुरु गरेका छन् । १२ वर्षको उमेरमा भारतमा बसेर माटाका मुर्ति बनाउने कला सिकेर घर फर्किएका उनले गाउँमा माग गरे अनुसारको मूर्ति बनाउन सुरुवात गरेका हुन् । उनी यस वर्षमा नै करिब १० देखि १२ ओटा माटाका मुर्ति बनाउने सोच राखेको बताउँछन् ।
माटाका मुर्ति निर्माण गर्न करिब १ मुर्तिमा ९ हजारसम्म खर्च हुने गर्छ । बाँस, पराल, प्लाष्टिकका डोरी लगाएर मुर्तिको आकार बनाउने गरिन्छ । एक मुर्ति पुर्ण रुपले निर्माण गरेपछि ३ देखि ५ हजार रुपैयाँसम्म नाफा हुने गरेको उनी बताउँछन् ।
काममा सघाउन र सिप सिक्नका लागि साना साना बालबालिका पनि उनीसँगै जुटेको केवट बताउँछन् । उनी एक सिजनमा माग अनुसार करिब ५० देखि ६० हजार कमाइ हुने बताउँछन् ।
नाफा भएको पैसाले घर खर्च चलाउने र केही रकम बचत गरेर अर्को सिजनमा लगाउने गरेको उनको भनाई छ । सिप सानो वा ठुलो हुँदैन । र सिप सिक्न तथा सिकेको सिपलाई प्रयोग गर्नका लागि उमेरले छेक्दैन भन्ने उदाहरण उनी बन्न चाहेका छन् । आफुले सिकेको सिपबाट अर्थोपार्जन गर्दै आफ्नै सिपको दायरालाई पनि बढाउन आफु क्रियाशिल हुने बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्