
काठमाडौं । जापानमा जारी टोकियो ओलम्पिकमा पौडीका एलेक्जेन्डर गाडेगार्ड शाह (एलेक्स) ले राष्ट्रिय कीर्तिमान बनाएका छन् ।
टोकियो एक्वेटिक सेन्टरमा मंगलबार एलेक्सले पुरुषको १ सय मिटर फ्रीस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।
हिट चरणमा एलेक्सले ५३.४१ सकेन्डको समय निकाले । एलेक्स आफ्नो हिट–१ मा शीर्ष स्थानमा रहे । ७ खेलाडी रहेको यस हिटमा एलेक्स छैटौं लेनमा रहेका थिए ।
प्रतिक्रिया दिनुहोस्