८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


मन्त्रिपरिषद् विस्तारका लागि प्रधानमन्त्री देउवा परामर्शमा


0
Shares

काठमाडौं, साउन १२ । मन्त्रिपरिषद् विस्तारको कसरतमा जुटनु भएका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालसँग मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्नु भएको छ ।

प्रधानमन्त्री देउवा छिट्टै मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेकाले दाहाल लगायत सत्ता साझेदार दलहरुसँग परामर्शमा जुट्नु भएको हो ।

बालुवाटारमा भएको देउवा–दाहाल भेटमा मन्त्रिपरिषद् विस्तार र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

देउवाले आइतबार स्वास्थ्य राज्यमन्त्री थपेसँगै मन्त्रिपरिषद् ६ सदस्यीय बनेको छ ।