
कपिलवस्तु, साउन १२ । कपिलवस्तुको कृष्णनगर नगरपालिका– ९ बहादुरगञ्जस्थित शिवराज अस्पताल आवश्यक बजेट र जनशक्तिको अभावमा अलपत्र परेको छ ।
वि.सं. १९९८ सालमा स्थापना भएको देशकै दोस्रो पुरानो अस्पतालमा बजेट र जनशक्तिको अभावका कारण सेवा प्रभावित भईरहेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाहले अस्पतालका लागि आवश्यक उपकरण खरिद गर्न रकम अपुग हुँदा सेवा प्रवाहमा समस्या भएको बताउनुभयो ।
अस्पातलको स्तरोन्नतिका लागि संघ र प्रदेश कतैबाट पनि सहयोग प्राप्त नभएको भन्दै शाहले नगरपालिकाको बजेटले अस्पताल सञ्चालन गर्न नसकिने सकिंदैन भन्नुभयो ।
१५ शैयाको शिवराज अस्पतालमा २८ वटा स्थायी दरबन्दी भए पनि अहिले एक जना एमविविस डाक्टरसहित ८ जना मात्रै कार्यरत छन् ।
प्रतिक्रिया दिनुहोस्