६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


धनकुटामा कोरोना संक्रमित बढ्दै


0
Shares

धनकुटा, साउन १२ । निषेधाज्ञा खुकुलो भएसँगै धनकुटामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।

निशेधाज्ञाको समयमा घटेको संक्रमण एक सातादेखि क्रमश बढ्न थालेको स्वाथ्य कार्यलय धनकुटाले जनाएको छ ।

कोरोना संक्रमणको जोखिम जिल्लामा कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यलय धनकुटाले साउन २० गतेसम्म जिल्ला भर लागु हुने गरि निशेधाज्ञाको समय थप गरेपनि सबै खाले पसल लाई विहान ६ बजे देखि राती ८ बजे सम्म खोल्न दिइएको छ ।

सार्वजनिक यातायत संचालन भई रहेका छन् भने अन्य क्षेत्र पनि संचालनमा रहेका छन् जसले गर्दा पनि संक्रमण बढ्दै गएको अनुमान गरिएको छ । साथै त्रिभुवन विश्वविद्यालय अन्र्तगतका परिक्षा संचालन हुने क्यापसहरुमा समेत त्रिभुवन विश्वविद्यालय अन्र्तगत तोकीएका परिक्षा संचालन भई रहेका छन् ।

धनकुटामा अझै १ सय ८६ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् जसमध्ये अधिकांश घर मै रहेका छन् ।