१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


उद्योगमा विदेशीको लगानी घट्यो


0
Shares

काठमाडौं, साउन १२ । आर्थिक वर्ष २०७७/७८ मा औद्योगीक क्षेत्रको वैदेशिक लगानीमा कमी आएको छ ।

उद्योग विभागको तथ्याकं अनुसार आर्थिक वर्ष २०७६/७७ मा भन्दा आर्थिक वर्ष २०७७/७८ मा उद्योग क्षेत्रको वैदेशिक लगानीमा कमी आएको हो ।

विभागको तथ्याकं अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष यो आर्थिक वर्षमा थोरै कम्पनी दर्ता भएका छन् । यस्तै यो अवधीमा वैदेशिक लगानीमा पनि कमी आएको विभागले जनाएको छ ।

विभागको तथ्याकं अनुुसार आर्थिक वर्ष २०७६/७७ मा ३७ अर्ब ८० करोड लगानी भित्रिएकोमा आर्थिक वर्ष ०७७/७८ मा ३२ अर्ब २ करोड मात्रै भित्रिएको छ ।

यो गत वर्षको तुलनामा ५ अर्ब ७८ करोडले कमी हो । यस्तै आर्थिक वर्ष २०७६/७७ मा २ सय २३ उद्योगमा वैदेशिक लगानी स्विकृत भएकोमा यो आर्थिक वर्षमा १ सय ८३ उद्याोगमा मात्रै वैदेशिक लगानी स्विकृत भएको छ ।

गत आर्थिक वर्षमा वैदेशिक लगानीका साना उद्योग १ सय ७१ दर्ता भएका छन् भने मझौला ६ र ठूला उद्योग पनि ६ वटा मात्रै दर्ता भएको उद्योग विभागले जनाएको छ ।