
काठमाडौं, साउन १२ । सरकारले गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय पनि गरेको छ ।
ओली सरकारले गण्डकी प्रदेश प्रमुखबाट हटाएका शेरचनलाई लुम्बिनी प्रमुखमा लगिएको हो । संविधानको धारा १६३ को उपधारा ४ बमोजिम प्रदेश प्रमुखमा एकै जना ब्यक्ति दोहोरिन नपाउने भएपछि शेरचनलाई लुम्बिनी प्रमुखमा लगिएको हो । गण्डकी प्रदेश प्रमुखमा सिफारिस गरिएका गुरुङ चितवन कांग्रेसका पूर्व सभापति हुनुहुन्छ ।
मन्त्रिपरिषद बैठकले ओली सरकारले नियुक्त गरेका गण्डकी प्रदेश प्रमुख सीता पौडेल र लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाउने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्