८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


धरानमा नेकपा र कांग्रेसबीच कडा टक्कर, नेकपालाई २८ मतको अग्रता


0
Shares

सुनसरी, मंसिर १५ । सुनसरीको धरान उपमहानगरपालिका नेकपा र नेपाली कांग्रेसबीच कडा टक्कर देखिएको छ ।

कांग्रेस उम्मेदवारभन्दा नेकपाका उम्मेदवार २८ मतले मात्र अगाडि देखिएका छन् । नेकपाका प्रकाश राईले ४५७४ मत पाउँदा उनलाई पछ्याइरहेका कांग्रेसका तिलक राईले ४५१७ मत पाएका छन् ।

अहिलेसम्म चार वटा वडाको मत परिणाम आइसकेको छ । जसमा वडा नम्बर १७, १८, १९ र २० को मत गणना भइसकेको छ ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अम्बरबहादुर लिम्बुले १६४ मत पाएका छन् । शनिबार भएको उपनिर्वाचनको मतदानमा ५५ हजार ११ मत खसेको थियो । 

यसअघि २०७४ मा भएको चुनावमा तत्कालीन एमालेका उम्मेदवार तारा सुब्बा विजयी भएका थिए । धरान उपमहानगरपालिका तात्कालीन नेकपा एमालेको परम्परागत गढ मानिन्छ । २०४८ सालयता त्यहाँको मेयरमा कांग्रेसले चुनाव जित्न सकेको छैन।