१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


७ लाख नगदसहित ११ जना जुवाडे पक्राउ


0
Shares

काभ्रे, साउन १३ । जिल्ला प्रहरी कार्यालय काभ्रेले नगदसहित ११ जुवाडेलाई पक्राउ गरेको छ ।

मंगलबार साँझ बनेपा नगरपालिका–१४ खालचौरस्थित थोप्चेन तामाङको घरमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो ।

उनीहरुको साथबाट ७ लाख १५ हजार ३५ रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।