
कास्की, मंसिर १५ । प्रतिनिधिसभा अन्तर्गत कास्की निर्वाचन क्षेत्र नम्बर २ मा मत गणना जारी छ ।
निर्वाचन आयोगले दिएको पछिल्लो जानकारी अनुसार नेकपा उम्मेदवार विद्या भट्टराई प्रतिष्पर्धी नेपाली कांग्रेसका खेमराज पौडेलभन्दा झण्डै दोब्बर मतले अगाडी छिन् ।
पछिल्लो मतपरिणाम अनुसार नेकपाकी भट्टराईले १३ हजार ७७५ मत ल्याउँदा काँग्रेसका पौडेलले ७ हजार १२० मत पाएका छन् ।
हालसम्म पोखरा महानगरपालिकाको वडा नं १६, १७, २०, २१ र ३३ को मतगणना सम्पन्न भएको छ ।
निर्वाचन आयोगका अनुसार उक्त क्षेत्रमा ७१ हजार आठ सय ७१ मतदाता रहेकोमा ६५ प्रतिशत मत खसेको थियो ।
प्रतिक्रिया दिनुहोस्