८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


बागलुङमा मतगणना सुरु


0
Shares

बागलुङ, मंसिर १५ । प्रदेश सभा सदस्यको लागि बागलुङ क्षेत्र नम्बर २ ख मा भएको उप निर्वाचनको मतगणना सुरु भएको  छ । बिहान ११ः३० बजेदेखि सुरु हुने भनिए पनि पौने १ बजे मात्रै सुरु भएको हो ।

प्रदेश सभाको लागि क्षेत्र नम्बर २ ख मा कुल ३५ हजार १ सय ८४ मतदाता रहेकोमा २१ हजार ४ सय मत खसेको जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ । 

उपनिर्वाचनको लागि सत्तारूढ नेकपा र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवारका रुपमा राजमोका खिमविक्रम शाही, नेपाली कांग्रेसबाट जीतबहादुर शेरचन, समाजवादी पार्टीबाट अशोककुमार विक र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बाट नीमबहादुर भण्डारी उम्मेदवार छन् ।

 

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेशबहादुर कुँवर, राष्ट्रिय जनमुक्ति पार्टीबाट यामबहादुर आले, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अनिलकुमार राई, मङ्गोल नेशनल अर्गनाइजेशनबाट मित्रबहादुर मगर तथा स्वतन्त्र उम्मेदवारका रुपमा शेरमान घर्ती र सन्तोष भण्डारी उम्मेदवार छन् ।

स्वतन्त्र उम्मेदवार घर्तीले वत्तव्य मार्फत उम्मेदवारी फिर्ता लिए पनि उनको चुनाव चिह्न क्लिप छ । जसमा केही समूहले फरक जिल्लाको मागसहित उक्त चिन्हमा मत मागेको छ ।

प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको गत वर्ष उपचारका क्रममा निधन भएपछि रिक्त पदमा उपनिर्वाचन भएको हो ।