२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


संखुवासभामा ११ दिन निषेधाज्ञा थपियो


0
Shares

संखुवासभा, साउन १३ । संखुवासभा जिल्ला प्रशासनले कोरोना संक्रमण जोखिम कायमै रहेको भन्दै ११ दिन निषेधाज्ञा थप गरेको छ ।

जिल्लामा कोरोना सक्रमितको संख्यामा कमि नआएपछि निषेधाज्ञालाई थप कडाई गर्ने निर्णय पनि गरिएको छ ।

जिल्ला कोभिड ब्यवस्थापन समितिको बैठकले समुदाय स्रतमा पुगेको कोरोना संक्रमण नियन्त्रण नभएसम्म निषेधाज्ञालाई थप कडाई गर्ने निर्णय गरेको संखुुवासभाका प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेलले जानकारी दिनुभयो ।

जिल्लामा जारी निषेधाज्ञा श्रावण २४ गतेसम्मका लागि थपिएको हो ।