
हेटैंडा, साउन १३ । बागमती प्रदेश सरकारले अघिल्लो चार आर्थिक बर्षको बजेट कार्यान्वयनको अवस्था सार्वजनिक गरेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिब डंन्डुराज घिमिरेले बुधबार पत्रकार सम्मेलनमार्फत सरकार गठन भएदेखिको बजेट सार्वजनिक गर्नुभएको हो ।
आर्थिक बर्ष २०७४ ÷२०७५ देखि चालु आर्थिक बर्ष ०७८ /०७९ सम्मको बजेट समीक्षा सार्वजनिक गरिएको छ । उहाँले स्थानीय तहहरुलाई समानीकरण अनुदानबापत आर्थिक बर्ष २०७५ /०७६ देखि आर्थिक बर्ष ०७७७/०७८ सम्म क्रमशः ३३ करोड ७७ लाख, ४८ करोड ३५ लाख ,६० करोड १५ लाख वितरण गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले प्रदेश सरकारले विकाश निर्माणका योजनाहरुको कामहरु अन्तिम चरणमा रहेकाले पुंजीगत खर्च वृद्धि हुदै गएको भन्दै साधारण खर्च खर्च कम गर्दै लगेको बताउदै ।
उहाँले सरकारको प्राथमिकता सडक, पुल, अस्पताल निर्माण जस्ता भौतिक योजनामा लगानी वृद्धि गर्ने र आर्थिक सुशासन कायम गर्ने रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्