
पाँचथर, साउन १३ । पछिल्लो समय यता पाँचथरमा कोरोना संक्रमणदर बढ्न लागेपछि सतर्कता अपनाउन भन्दै सदरमुकाम फिदिममा बुधबार सर्वसाधरणलाई निःशुल्क मास्क तथा सेनिटाईजर वितरण गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पाँचथरको अगुवाई तथा जिल्ला प्रहरी कार्यालय पाँचथरको समन्वयमा सर्वसाधरणका लागि १ हजार थान मास्क र सेनिटाईजर वितरण गरिएको हो ।
कोरोना संक्रमण दर न्यूनीकरण हुनुको साटो दिनानुदिन संक्रमितको संख्या बढ्न लागेपछि नागरिकलाई सर्तकता अपनाउन र सचेतना फैलाउने उद्धेश्यले मास्क वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पाँचथरका शाखा अधिकृत गुरुराज तिम्सिनाले जानकारी दिनुभयो ।
स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा वोल्दै उपस्थित वक्ताहरुले हेलचेक्रयाईका कारण जिल्लामा सक्रमण दर घटन नसकेको हुँदा हिड्डुल तथा भिडभाडमा जाँदा स्वास्थ्यको मापदण्डलाई ख्याल गर्दे आफू सुरक्षित भएर नागरिकहरु हिडुन् भन्ने उद्धेश्यले सचेतना फैलाउन मास्क तथा सेनिटाईजर वितरण गरिएको बताएका छन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तथा डिसीसीएमसी पाँचथरका संयोजक पुण्य प्रसाद ढकाल,जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक दान बहादुर थापा,नेपाल रेड्रक्रस सोसाइटी जिल्ला शाखा पाँचथर सभापति कृष्ण प्रसाद बास्कोटा,उद्योग वाणिज्य संघ पाँचथरका अध्यक्ष दीपक नेपाल, नेपाल रेडक्रस महिला समिती संयोजक लिना सुवेदी लगायतले स्वास्थ्य सामाग्री वितरण गरेका थिए ।
अब जिल्लामा हुन लागेको कक्षा ११ र १२ को परिक्षाको केन्द्रमा गएर पनि मास्क र सेनिटाईजर निशुल्क वितरण गरिने नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पाँचथरका शाखा अधिकृत तिम्सिनाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्