
काठमाडौं, साउन १३ । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रको आधारस्तम्भका रुपमा रहेका साना तथा मझौला उद्योगहरुको प्रवद्र्घनबाट मात्रै आर्थिक विकास सम्भव भएको बताउनुभएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीहरुसँग मन्त्रालयमा भएको भेटमा आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउन औद्योगीकरण नै मुख्य आधार भएकोल देशभरका साना तथा मझौला उद्योगहरुको सञ्जाल बनाउने र तिनकै जगमा ठूला उद्योगहरुको विकास गर्न सकिने धारणा राख्नुभयो ।
यसको लागि सरकारले निजी क्षेत्रसँग हातेमालो गर्ने नीति तय गर्ने मन्त्री शर्माको भनाई थियो । महासंघका अध्यक्ष श्याम प्रसाद गिरीले लामो समयदेखि बैंकको कर्जा तिर्न नसकेका उद्योगहरुलाई आगामी एक वर्षभित्र कर्जा चुक्ता गर्ने अवधि थप गरी ब्याज मिनाहाकोे व्यवस्था लगायतका सुविधाका लागि आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्