१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


धितोपत्र बोर्डका अध्यक्ष ढुंगानासँग स्पष्टीकरण माग, तीन दिनभित्र जवाफ दिन निर्देशन


0
Shares

काठमाडौं, साउन १४ । अर्थ मन्त्रालयले धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानासँग स्पष्टीकरण माग गरेको छ ।

ढुङ्गानाले छोरीको नाममा किनेको भनिएको सेयरका विषयमा स्पष्टीकरण माग गरेको हो । बोर्ड अध्यक्ष ढुंगानाले बुक विल्डिङमा आइपीओ जारी गर्ने तयारी गरेको सर्वोत्तम सिमेन्ट कम्पनीको शेयर छोरीको नाममा किनेको समाचार सार्वजनिक भएको थियो ।

उक्त समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको भन्दै मन्त्रालयले स्पष्टीकरण माग गरेको हो । अध्यक्ष ढुंगानालाई ३ दिनभित्र त्यससम्बन्धी तथ्यपरक विवरण उपलब्ध गराउन मन्त्रालयले निर्देशन दिएको छ ।