१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


कालीगण्डकीमा डुबेर दुई किशोर बेपत्ता


0
Shares

बागलुङ, साउन १४ । बागलुङमा नदिमा डुबेर दुई जना किशोर वेपत्ता भएका छन् ।

कालीगण्डकी नदिमा डुबेर बागलुङ नगरपालिका वडा नम्बर ४ का दुई जना किशोर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो ।

बेपत्ता हुनेमा बागलुङ नगरपालिका वडा नम्बर ४ उपल्लाचौर बस्ने हरिबहादुर विकका १३ वर्षीय छोरा अभिषेक विक र सोही ठाउँका थम बहादुर पुनका १३ वर्षीय छोरा यमबहादुर पुन हुन् ।

उनीहरु बिहिबार दिउँसो करिब १ बजेको समयमा पौडी खेल्न निरयघाट गएको र पौडी खेल्ने क्रममा नदीले बगाएको बताइएको छ । ४ जना किशोर पौडी खेल्न गएकोमा अन्य दुई जना प्रश्न विक र विशन पुन भने सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।

बेपत्ता दुई किशोरकोे खोजी कार्य जारी रहेको सूचना अधिकारी हवारीले जानकारी दिनुभयो ।