५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


समावेशी आयोगको औचित्यमै उठ्यो प्रश्न


0
Shares

काठमाडौं, साउन १४ । राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. रामकृष्ण तिमल्सिनाले आयोगलाई सरकारले महत्वका साथ हेर्न नहेरेको गुनासो गर्नुभएको छ ।

प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिले आयोगका पदाधिकारीसँग बिहीबार गरेको छलफलमा अध्यक्ष डा. तिमल्सिनाले कर्मचारीको दरबन्दी कम भएको र दरबन्दी खाली हुँदा पनि कर्मचारी नआउँदा काम गर्न असहज भएको बताउनुभयो । आयोगले दिएको प्रतिवेदन सरकारले कार्यान्वयन नगरेको भन्दै उहाँले हाल खस, आर्यकोे थर सूचीकरण गरेर रिपोर्ट प्रकाशन गर्न बाँकी रहेको बताउनुभयो । आयोगले पिछडा वर्गको अध्ययन गर्ने तयारी गरिहेको उहाँको भनाइ थियो ।

सांसद मिन विश्वकर्माले राष्ट्रिय समावेशी आयोगलगायतका आयोगहरु सत्यनारायणको प्रसाद जस्तो भएको टिप्पणी गर्नुभयो । उहाँले समावेशी आयोगको औचित्यका सम्बन्धमा प्रश्न उठाउनुभयो ।

सांसद देव गुरुङले आयोगहरुले संविधानको मापदण्ड र विधिको शासनको पालना गर्नुपर्ने भन्दै क्षेत्रीय उत्पीडन, कर्णाली क्षेत्र र पिछडीएको वर्गलाई हेर्नुपर्ने बताउनुभयो । सांसद लक्ष्मणलाल कर्णले आयोगले माग गरेजति आर्थिक तथा जनशक्ति दिनुपर्नेमा जोड दिनुभयो । अन्यथा आयोगले काम गर्न नसक्ने उहाँको भनाई छ ।