
काठमाडौं, साउन १४ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा बिक्री भइरहेको पिउने पानी न्यून गुणस्तर रहेको भेटिएको जनाएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सार्वजनिक गरेको वार्षिक तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/७८ मा २८ सय ३४ वटाको खाद्य उद्योग तथा बजार अनुगमन गरेको गरेकामा सबैभन्दा बढी १६ प्रतिशत पिउने पानी गुणस्तरहिन भेटिएको जनाएको छ ।
पत्रकार सम्मेलनमा विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले प्रशोधित पानीको नमुना संकलन गरी गुणस्तरको परीक्षण गर्दा अत्यधिक न्यून गुणस्तरको भेटिएको र ति कम्पनीमाथी मुद्दा दायर गरिएको जानकारी दिनुभयो ।
विभागले एक वर्षमा बजार अनुगमन गर्दा १ सय मुद्दा दायर भएकोमा पिउने पानीको १६ प्रतिशत, बेकरी तथा बिस्कुट १३ प्रतिशत, तेल तथा घ्यूका ११ प्रतिशत, दानाका ९ प्रतिशत, तयारी चाउचाउ ७ प्रतिशत, मसलाका ७ प्रतिशत, दालमोठ भुजिया ५ प्रतिशत, सस् ५ प्रतिशत, दहन ४ प्रतिशत मुद्दा दायर गरेको छ ।
विभागले खाद्यान्न गुणस्तर कायम गर्नका लागि अनुगमन तिव्र बनाएपनि बजारमा म्याद गुज्रिएका खाद्यान्न भने भेटिन छाडेको छैन ।
प्रतिक्रिया दिनुहोस्