
काठमाडौं, साउन १४ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेड द्वारा प्रवद्र्घित ‘आइएमई पे’ र साइकल सिटी नेटवर्क नेपाल (ग्रीन वे)बीच सम्झौता भएको छ ।
साइकल सिटी नेटवर्क नेपाल (ग्रीन वे) र आइएमई डिजिटल सोलुसन लिमिटेडबीच भएको सम्झौता पश्चात अबदेखि ग्रीन वे एपले आइएमई पे मार्फत भुत्तानी सेवा प्रदान गर्ने छन् ।
सम्झौता कार्यक्रममा आइएमई डिजिटल सोलुसन लिमिटेडका व्यापार व्यवस्थापक प्रमुख आमोद भट्टराईले साइकल सिटी नेटवर्क नेपाल (ग्रीन वे) को साइकल यात्रा प्रवद्र्धन अभियानबाट सेवाग्राहीहरुले अधिकतम फाइदा लिन पाउने बताउनुभयो ।
विभिन्न प्रकारका वील भुक्तानी एवम् जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने आइएमई पे वालेटले सहयोग गर्दै आएको छ । लाखौँ सेवाग्राहीहरूलाई बिद्युतीय भुक्तानी सेवा दिन यो कम्पनी सक्षम रहिआएको छ ।
प्रतिक्रिया दिनुहोस्