२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


राष्ट्र बैंक स्वायत्त निकाय भएकाले दायरा मिच्ने काम नगरेको : अर्थमन्त्री शर्मा


0
Shares

काठमाडौं, साउन १४ । अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंक स्वायत्त निकाय भएकाले आफूले सो स्वायत्त निकायको दायरा मिच्ने काम नगरेको बताउनुभएको छ ।

नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति अथमन्त्रीले रोकेको समाचार सम्प्रेषण भइरहेका बेला आफूले राष्ट्र बैंकलाई नै कस्तो नीति ल्याउने, कहिले ल्याउने र कसरी ल्याउने भन्ने निक्र्याैल गर्न सुझाव दिएको बताउनुभयो ।

नेपाल आर्थिक पत्रकार संघ(नाफिज) का पदाधिकारीसँगको भेटमा मन्त्री शर्माले बैंक स्वायत्त संस्था भएकाले कतिबेला मौद्रिक नीति ल्याउने भन्ने निर्णय पनि राष्ट्र बैंकले गर्ने प्रष्ट पार्नुभयो ।

ऋण पाउने पक्का भएकाहरूले ऋण नपाउने स्थिति नहोस्, कसरी हुन्छ सहज वातावरण बनाउने निर्देशन दिएको पनि मन्त्री शर्माले बताउनुभयो ।

अर्थ मन्त्रालयले मौद्रिक नीति रोकेर अर्थतन्त्रलाई नै अप्ठेरो पार्ने काम नगर्ने उहाँको भनाई छ । चालु आर्थिक वर्षको १४ दिन बितिसक्दा पनि केन्द्रिय बैंकले मौद्रिक नीति ल्याउन नसकेपछि अर्थ मन्त्री शर्माले हस्तक्षेप गरेको चर्चा हुँदै आएको छ ।