१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


वर्तमान सरकार असफल भए संविधाननै असफल हुन्छ : प्रदीप गिरी


0
Shares

काठमाडौं, साउन १५ । सांसद बैठकमा सत्तारुढ दल नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीले वर्तमान सरकार असफल भए संविधान नै असफल हुने दाबी गर्नुभयो । वर्तमान सरकार असफल भए शेरबहादुर देउवा मात्रै नभइ संविधान नै असफल हुने भएकाले सरकारलाई बढीभन्दा बढी जनमुखी बनाउने दायित्व कांग्रेस र प्रधानमन्त्री देउवाको हो भन्नुभयो ।

यस्तै माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले सरकार सञ्चालनका लागि संयुक्त संयन्त्र बनाउनु पर्ने प्रस्ताव गर्नुभयो । गठबन्धनका तर्फबाट साझा कार्यक्रम र आचारसंहिता समेत बनाएर अघि बढ्नुपर्ने भन्दै उहाँले अहिले मुलुकमा वाम–प्रजातान्त्रिक एकताको माहोल बनेकाले यसलाई अझ व्यवस्थित बनाउनु पर्नेमा जोड दिनुभयो ।

विशेष समयमा सांसदहरु सुरेन्द्र कुमार यादव, प्रेम सुवाल, कृष्णभक्त पोखरेल, रंगमती शाही, रेनुका गुरुङ लगायतले धारणा राखेका थिए ।