१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


थपिए ३६ सय ११ संक्रमित, २७ जनाको मृत्यु


0
Shares

काठमाडौं, साउन १५ । पछिल्लो २४ घण्टामा देशभर ३६ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

९ हजार ७८३ पीसीआर परीक्षण गर्दा २४६७ जना र ४ हजार ८७८ एन्टिजेन परीक्षण गर्दा ११४४ गरी ३ हजार ६११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ । योसँगै ९ हजार ८३४ जनाको कोरोनाबाट मृत्यु गएको छ ।

पछिल्लो २४ घण्टामा १८१६ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ६ लाख ५२ हजार २६१ पुगेको छ ।