२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


तुईन चुडिँएर महाकालीमा एकजना बेपत्ता


0
Shares

दार्चुला, साउन १५ । दार्चुलाको ब्यास गाउँपालिका–२ मालघाटमा महाकाली नदी तर्ने क्रममा तुईनबाट खसेर एकजना बेपत्ता भएका छन् ।

शुक्रबार बिहान साढे ८ बजेतिर महकाली नदी तर्ने क्रममा तुईनबाट खसेर ब्यास गाउँपालिका–२ मालका अन्दाजी ३० वर्षीय जयसिंह धामी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुला प्रहरी निरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो ।

शुक्रबार बिहान ५/६ जना स्थानीयले तुईनबाट महाकाली नदी पार गरेको र धामी भने खसेर महाकाली नदीमा बेपत्ता भएका हुन् । बेपत्ता धामीको खोजी शुरु गरिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

भारतीय सुरक्षाबलले तुईन काटिदिएको स्थानीयले आरोप लगाएका छन् । डेढ मिनेट पर पुगिसके पछि भारतीय सीमा सुरक्षा बल एसएसबीले पारिपट्टी भारतीय भूमिमा लठ्ठमा बानिएको तुइनको डोरी फुकाइदिएसंगै उनी तुइन सहित नदीमा खसेर बेपत्ता भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।