२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


नदीमा नुहाउने क्रममा दुईको मृत्यु, एकजना बेपत्ता


0
Shares

कैलाली, साउन १५ । कैलालीको भजनी नगरपालिका ९ डोङपुरस्थितच कान्द्रा नदीमा नुहाउने क्रममा दुई जना बालबालिकाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन ।

मृत्यु हुनेमा सोही ठाउँका धन बहादुर सिंहका ९ बर्षिया छोरी लक्ष्मी सिंह र रामफल चौधरीका ७ बर्षिया छोरी जेनी चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी गराउनुभयो ।

बेपत्ता ६ बर्षिया अनु सिंहको खोजी भैरहेको प्रहरीले जनाएको छ । घर नजिकै रहेको कान्द्रा नदिमा नुहाउने क्रममा साँझ साढे ४ बजेतिर उक्त घटना भएको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।