२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


चैतभित्र सबै नेपालीलाई खोप उपलब्ध हुन्छ : स्वास्थ्य मन्त्रालय


0
Shares

काठमाडौं, साउन १५ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी चैत मसान्तसम्म सबै नेपालीले कोरोना खोप पाउने बताएको छ ।

शुक्रबार एक विज्ञप्तिमाफर्त मन्त्रालयले चैत मसान्तभित्र सबैले खोप लगाइसक्नेगरी सरकारले व्यवस्थापन गरिरहेको जनाएको हो ।

मन्त्रालयका अनुसार नेपाललाई आवश्यक थप खोपका लागि चीनको सिनोफार्म कम्पनीसँग ६० लाख डोज खोप खरिदको सम्झौता प्रक्रिया अघि बढिसकेको छ ।

साथै कोभ्याक्स सुविधामार्फत् जापान सरकारले अनुदानमा दिने १६ लाख र भारतबाट खरिद गरी बाँकी रहेको १० लाख डोज खोप प्राप्त हुँदा असोजभित्र एक करोड ८३ लाख ८२ हजार ८५० डोज खोप प्राप्त हुने मन्त्रालयले जनाएको छ ।

यसैगरी, कोभ्याक्सबाट लागत सहभागितामा खरिद गरी डेढ करोड डोज खोप र १२ वर्षमाथिका बालबालिकालाई ६० लाख डोज फाइजरको खोपका लागि प्रक्रिया अगाडि बढिरहेको मन्त्रालयले जनाएको छ ।

कोभ्याक्सबाट निःशुल्क २० प्रतिशत जनसंख्याका लागि प्राप्त हुने एक करोड १३ लाख डोज पनि प्राप्त भएपछि आगामी चैत मसान्तसम्म खोप सबै नेपालीहरूले खोप पाउने मन्त्रालयले जारी गरेको विज्ञप्ति मार्फत जनाएको छ ।