८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


धर्मगुरु कृष्णदासमाथि अनुसन्धान गर्न अदालतले दियो प्रहरीलाई चार दिनको म्याद


0
Shares

सुनसरी, मंसिर १६ । बलात्कारको आरोप लागेका बराहक्षेत्र चतराधामका धर्मगुरु कृष्णदास गिरीलाई जिल्ला अदालत सुनसरीले थप अनुसन्धान गर्नका लागि प्रहरीलाई चार दिनको म्याद दिएको छ ।

सोमबार विहान विराटनगरबाट प्रहरीले नियन्त्रणमा लिएर जिल्ला अदालत सुनसरीमा उपस्थित गराएको थियो । अनुसन्धानका लागि थप समय प्रहरीले मागेपछि जिल्ला न्यायाधीश धर्मराज पौडेलको इजलासले चार दिनको म्याद थप गरेको हो ।

जिल्ला अदालत सुनसरीले उनीमाथि अनुसन्धान गर्न चार दिनको म्याद थपेको सुनसरी प्रहरी प्रवक्ता एवं डिएसपी विनोद शर्माले जानकारी दिए ।
प्रहरीले कृष्णदासलाई एम्बुलेन्समै हालेर लगेको थियो ।

आइसियुमै उपचारार्थ कृष्णदासलाई म्याद थप पछि फेरि अस्पताल नै लगिएको प्रहरीले जनाएको छ । अदालतको आदेश अनुसार उनलाई फेरि अस्पतालमै लगिएको सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले जानकारी दिए ।

विराट नर्सिङ होमकै को १ च ४०७३ नम्बरको एम्बुलेन्स मार्फत अदालतमा उपस्थित गराइएको उनलाई फेरि अस्पतालमै लगिएको हो ।
गत कात्तिक ४ गते आफुलाई बलात्कार गरेको एक महिलाको उजुरीपछि प्रहरीले उनीमाथि अनुसन्धान थालेको हो ।