३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


वीर अस्पतालका कर्मचारीमाथि प्रहरीद्धारा लाठी प्रहार, चार जना घाइते


26
Shares

काठमाडौं, साउन १७ । कोरोना माहामारीका बेला काम गरेको सेवासुविधा र जोखिम भत्ता चाहियो भन्दै आन्दोलनमा उत्रेका वीर अस्पतालका कर्मचारीमाथि प्रहरीले लाठी हान्दा चार कर्मचारी घाइते भएका छन् ।

पटक पटक आन्दोलन गर्दा समेत सुनुवाई नभएपछि उनीहरु आज अस्पतालका प्रमुख कार्यकारी अधिकारी जागेश्वर गौतमको कार्यकक्ष घेराउ गर्न गएका थिए ।

अस्पतालका कर्मचारी दिपक मुडवरीले लाठिचार्जवाट ४ जना महिना कर्मचारी घाइते भएको र उनिहरुको हाल आकस्मिक कक्षमा उपचार भईरहेको जानकारी दिनुभयो ।