
काठमाडौं, मंसिर १६ । १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले अहिलेसम्म दश वटा स्वर्ण पदक जितेको छ ।
नेपाललाई दशौं स्वर्ण पदक कराँतेले दिलाएको हो । कराँतेका विप्लवलाल श्रेष्ठले पुरुष कुमुतेमा नेपाललाई दशौं स्वर्ण दिलाएका हुन् ।
विप्लवले ८४ केजी तौल समूहमा स्वर्ण जितेका हुन् । उनले पाकिस्तानका मोहमम्द वजलाई ६/५ ले हराए ।
सागको कराँतेमा नेपालले अहिलेसम्म ५ वटा स्वर्णपदक जितेको छ । नेपालले विप्लवलाल श्रेष्ठ, लक्ष्मण तामाङ, मण्डेकाजी श्रेष्ठ तथा महिला र पुरुषको टिम इभेन्टमा स्वर्णपदक जितेको हो ।
प्रतिक्रिया दिनुहोस्