८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


१३ औं दक्षिण एसियाली खेलकुदः कराँतेकी कुसुम खड्काले दिलाइन् स्वर्ण


0
Shares

काठमाडौं, मंसिर १६ । १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले अहिलेसम्म ११ वटा स्वर्ण पदक जितेको छ ।

नेपाललाई ११ औं स्वर्ण पदक कराँतेले दिलाएको हो । कराँतेकी कसुम खड्काले नेपाललाई ११ औं स्वर्ण दिलाएकी हुन् । 

खड्काले ४५ केजीमुनी तौल समूहमा स्वर्ण जितेकी हुन् । सातदोबाटास्थित कराते हलमा भएको ४५  केजीमुनी तौल समूहमा बंगलादेशकी मौन्जेरा बोर्नालाई ३–२ को स्कोरले हराउँदै कुसुमले स्वर्ण जितेकी हुन् ।

यसअघि उनले श्रीलंकाका अराचचिलाई ७–६ ले पराजित गर्दै फाइनलमा स्थान बनाएकी थिइन् ।

सागको कराँतेमा नेपालले अहिलेसम्म ६ वटा स्वर्णपदक जितेको छ । यसअघि नेपालले विप्लवलाल श्रेष्ठ, लक्ष्मण तामाङ, मण्डेकाजी श्रेष्ठ तथा महिला र पुरुषको टिम इभेन्टमा स्वर्णपदक जितेको हो ।