
काठमाडौं, साउन १८ । सत्तारुढ दलको न्यूनतम साझा नीति तथा कार्यक्रमलगायतका विषयमा छलफल गर्न सत्तारूढ पार्टीका कार्यदलको बैठक बसेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको कार्यदलको बैठक बसेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालय स्रोतका अनुसार कार्यदल बैठकमा गठबन्धनका तर्फबाट ल्याइने सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल भएको छ ।
गठबन्धनमा कांग्रेस, नेकपा माओवादी, जसपाबाट दुई–दुई जना सदस्य रहेका छन् तर प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको एमाले माधव नेपाल पक्ष भने सहभागि छैन ।
बैठक आइतबार पनि बसेको थियो । उक्त बैठकमा भने नेपाल पक्षका तर्फबाट डा. विजय पौडेल सहभागी हुनुभएको थियो ।
नेपाली कांग्रेसका महामन्त्री खड्का संयोजकरहेको कार्यदलमा कांग्रेसबाट डा. मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जसपाबाट राजेन्द्र श्रेष्ठसहितका नेता रहुनभएको छ ।
प्रतिक्रिया दिनुहोस्