
काठमाडौं, साउन १८ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा सुविधा नलिने घोषणा गर्नुभएको छ ।
सोमबार पत्रकार सम्मेलन गर्दै श्रेष्ठले सुरक्षाकर्मी बाहेक पारिश्रमिक, आवास, गाडीलगायतका सुविधा नलिने घोषणा गर्नुभएको हो ।
नेपाली कांग्रेसका सांसद श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त गरेकामा सबै क्षेत्रबाट आलोचना भइरहेका समयमा श्रेष्ठले सरकारी सुबिधा नलिने घोषणा गर्नुभएको हो ।
यसैगरी, श्रेष्ठले राज्यमन्त्री पदमा रहुञ्जेल स्वास्थ्य, शिक्षा, कृषि तथा जलविद्युतलगायत क्षेत्रमा रहेको आफ्नो संलग्नताबाट अलग हुने पन िजानकारी गराउनुभयो ।
पत्रकार सम्मेलनमा राज्यमन्त्री श्रेष्ठले एक सय दिनमा आफूले गर्ने कार्यक्रमको योजना पनि सार्वजनिक गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्