
काठमाडौं, साउन १८ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले असोज अन्त्यसम्म कोरोना भाइरसविरुद्ध दुई करोड डोज खोप सुनिश्चित हुने दावी गर्नुभएको छ ।
सोमबार पत्रकार सम्मेलन गर्दै राज्यमन्त्री श्रेष्ठले १ करोड ५० लाख डोज खोपको खरिद सम्झौंता गरिसकेको र असोज मसान्तसम्म दुई करोड डोज खोप नेपाल आउने जानकारी गराउनुभएको हो ।
मोडर्ना ४० लाख, जोन्सन एण्ड जोन्सन ५० लाख, फाइजर ४० लाख र एस्ट्राजेनेका २० लाख डोज खोपको खरिद प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार, पुस माघमा मोडर्नाबाट ४० लाख डोज आउने गरी खोपको भुक्तानी भइसकेको छ । १ लाख १० हजार डोज अमेरिकाबाट ल्याइने, यसैगरी कोभ्याक्स/गाभीबाट १ करोड १३ लाख तथा बालबालिकालागि फाइजर कम्पनीबाट ६० लाख खोप गरी ३ करोड २३ लाख डोज खोप खरिद प्रक्रियामा रहेको उहाँले जानकारी गराउनुभयो ।
राज्यमन्त्री श्रेष्ठले दिएको जानकारी अनुसार नेपालमा ५ करोड २३ लाख खोप प्राप्त हुने छ ।

प्रतिक्रिया दिनुहोस्