
काठमाडौं, साउन १८ । व्यापारीलाई मन्त्री नियुक्त गरेको भन्दै सर्वत्र आलोचना भइरहेको बेला स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठले आरोपहरुबारे स्पष्टिकरण दिनु भएको छ ।
राज्य मन्त्री बनेसँगै सम्पूर्ण व्यावसायिक संलग्नताबाट अलग भएको उहाँको जिकिर छ । ती व्यवसायको व्यवसायको कार्यकारी तथा पदिय भूमिका कानूनी रुपमा नै त्याग गरेको भन्दै उहाँले पदमा रहेसम्म स्वार्थ बाँझिने कुनै कार्य नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सरकारले राज्यमन्त्रीलाई उपलब्ध गराउने सेवा/सुविधामध्ये सुरक्षाकर्मीबाहेक, सवारी साधन, आवास र तलब भत्तालगायत कुनै पनि पारिश्रमिक र सुविधा नलिने घोषणा पनि श्रेष्ठले गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्