
अक्कल कुँवर र सुन्दर गुरुङ (इमेज)
काठमाडौं, मंसिर १६ । प्रतिनिधि सभादेखि वडाध्यक्षसम्मका ५२ पदका लागि भएको उपनिर्वाचनमा पनि परम्परागत शक्तिहरु नै हावी भएका छन् ।
उपनिर्वाचनको राष्ट्रिय राजनीति र संसदीय समीकरणमा कुनै असर नपर्ने भएपछि दलहरुप्रतिको जनमत बुझन् भने निकै महत्वपूर्ण थियो ।
त्यसकारण दलहरुले उपनिर्वाचनलाई प्रतिष्ठाको विषय बनाएका थियो । तर, बैकल्पिक शक्तिको रुपमा उदाउने प्रचार गरेर उपनिर्वाचनमा गएका नयाँ शक्तिहरुलाई मतदाताले पत्याएनन् ।
उपनिर्वाचनमा वैकल्पिक शक्तिको रुपमा उदाउने प्रचार गरेका नयाँ दलहरुले निराशाजनक प्रर्दशन गरेका छन् । उपनिर्वाचनमा पनि पुरानै शक्तिको वर्चश्व देखिएको छ ।
प्रतिनिधिसभा सदस्यका लागि एक मात्र स्थान कास्की–२ मा भएको उपनिर्वाचनमा पुराना राजनीतिक शक्ति नेकपा र कांग्रेसबीच प्रतिष्पर्धा भयो । तर, बैकल्पिक शक्तिको रुपमा उदाउने उद्घोष गरी उपनिर्वाचनमा होमिएका साझा पार्टी, समाजवादी पार्टी र विवेकशील पार्टी जस्ता नयाँपार्टीले जमानत समेत जोगाउन सकेनन् ।
राजनीतिक विश्लेषक पुरुषोत्तम दाहालले नयाँ पार्टीहरुसंग पुराना पार्टीको भन्दा पृथक सिद्धान्त, विचार र योजना दिन नसकेको टिप्पणी गरे ।
प्रदेशसभा सदस्य, उपमहानगर प्रमुख, गाउँपालिका प्रमुख र वडाध्यक्ष पदका लागि भएको उपचुनावमा समेत नयाँ पार्टीहरुले चर्चा गरेअनुसार मत ल्याउन सकेनन् ।
सामाजिक सञ्जाल र युवा पुस्ताबीच लोकप्रिय ठान्ने साँझा पार्टी र विवेकशील पार्टी उपनिर्वाचन भएका कुनैपनि पदमा पुराना शक्तिको छेउछाउसम्म पुग्न सकेनन् । विश्लेषक दाहालले सामाजीक सञ्जालमा व्यक्त हुने विचार र संगठन फरक रहेको बताए ।
आफुलाई बैकल्पिक शक्तिको रुपमा प्रस्तुत गर्ने समाजवादी पार्टीको हालत पनि उपनिर्वाचनमा साँझा र विवेकशील पार्टीको भन्दा फरक देखिएन । कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनमा समाजवादीका उम्मेद्वारले पनि जमानत समेत जोगाउन सकेन् ।
विगतका निर्वाचन जस्तै उपनिर्वाचनमा पनि समाजवादी पार्टी र राजपा प्रदेश नम्बर नम्बर २ मा मात्रै सिमित देखिए । हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रको एजेण्डा बोकेर आफुलाई बैकल्पिक शक्तिको रुपमा प्रस्तुत गरेको राप्रपाको हालत पनि उपनिर्वाचनमा नयाँ दलहरुको भन्दा फरक देखिएन ।
यस्तै, बिखण्डनको नारा छोडेर राष्ट्रिय राजनीतिको मुलधारमा आएको सिके राउत नेतृत्वको जनमत पार्टी पनि नाम मात्रैको जनमत पार्टीको रुपमा देखियो ।
पहिलो पटक चुनावमा भाग लिएको जनमत पार्टीको प्रदेश २ मा राम्रो प्रभाव रहेको आकलन गरिए पनि उपचुनावमा मत नगण्य आयो ।
बैकल्पिक शक्ति निर्माण गर्ने भन्दै खोलिएका नयाँ दलको उपचुनावको प्रर्दशन हेर्दा परम्परागत शक्तिहरुको भन्दा उन्नत विचार, सिद्धान्त र योजना ल्याउन नसकेसम्म चर्चा गरेकै आधारमा बैकल्पिक शक्ति बन्न नसकिने शन्देश दिएको छ ।
प्रतिक्रिया दिनुहोस्