१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


विदुर नगरपालिका कांग्रेसद्वारा तोडफोड


0
Shares

नुवाकोट, साउन १८ । नेपाली कांग्रेस नुवाकोटले विदुर नगरपालिकाको कार्यालय तोडफोड गरेको छ ।

तोडफोड गर्ने क्रममा दुई प्रहरीसहित चारजना घाइते भएका छन् । नेपाली कांग्रेस निकट ६ जना वडा अध्यक्षहरुले नगरपालिकामा आर्थिक अनयमितता भएको भन्दै तोडफोड गरेका हुन् ।

कांग्रेसबाट निर्वाचित ६ जना वडा अध्यक्षसहितका आन्दोलनकारीले नगरपालिकामा ढुङगामुढा गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत र नगर प्रमुखको कार्यकक्षसहित नगरपालिकामा भएका सवारी साधनहरुमा क्षति पुगेको छ ।

विदुर नगरपालिका–१३ लाई नगरपालिकाले फलफूल तथा कागती पकेट क्षेत्र निर्धारण गरी बिरुवा वितरणमा अनियमितता गरेको भन्दै भुक्तानी नदिन कांग्रेस निकट वडा अध्यक्षहरुले माग गर्दै आएका थिए । शान्तिपूर्ण तरिकाले नगरपालिकामा अनियमितताविरुद्ध आवाज उठाउँदा नगर प्रमुखले हेप्न थालेको र प्रहरी परिचालन गरेर दमन गर्न खोजेको विदुर नगरपालिका– ८ का वडा अध्यक्ष फैसिङ तामाङको आरोप छ ।

ज्ञापन पत्र बुझाउने नाममा नेपाली कांग्रेसले तोडफोड र कुटपिटको काम गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन मरासिनीले बताउनु भयो । नगरपालिकाले पकेट क्षेत्रमा उन्नत जातको फलफूल तथा कागतीको बिरुवा वितरण भएकाबापत १३ लाख रुपैयाँ भुक्तानी दिएको जनाएको छ ।