२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


पार्किङलाई व्यवस्थित गर्न ‘रोड मार्किङ’


13
Shares

भैरहवा, साउन १८ । भैरहवामा सवारीसाधन पार्किङलाई व्यवस्थित बनाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले संकेत चिन्ह कोर्ने ‘रोड मार्किङ’ सुुरु गरेको छ ।

गाडी÷मोटरसाइकल एकै ठाउँमा पार्किङ गर्दा अव्यवस्थित देखिएपछि सडकमा गाडी/मोटरसाइकलको ब्लक छुट्टयाउन मार्किङ गरिएको जिल्ला टाफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक दिवस बहादुर जिसीले बताउनुभयो ।

सडकमा मार्किङ गरिसकेपछि सवारी चालकलाई पार्किङ गर्न र आवागमनमा पनि सहज हुने बताइएको छ । मार्किड गरिसकेपछि पनि पार्किङ अव्यवस्थित भए प्रहरीलाई पनि ट्राफिक नियम अनुसार कारवाही गर्न पनि सहज हुने जिसीले बताउनुभयो ।