
काठमाडौं, साउन १८ । कर्णाली प्रदेशका एमाले चार सांसद पदमुक्त भएका छन् ।
माओवादीबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीलाई एमालेको ह्वीप उल्लंघन गरेर विश्वासको मत दिने सांसद प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा पदमुक्त भएका हुन् ।
यसअघिको कारबाही हुन नसक्ने भन्ने अन्तरिम आदेश खारेज गर्दै सर्वोच्च अदालतले सोमबार भ्याकेट निवेदनको सुनुवाई गर्दै पदमुक्त भएको जानकारी दिएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले यसअघिको अन्तरिममा आदेश खारेज गरेको हो । भ्याकेट निवेदन उपर सुनुवाई गर्दै ‘माग बमोजिम हुने’ आदेश जारी भएको हो । यसअघि सर्वोच्चले विश्वासको मत दिएका चार सांसदलाई कारबाही गर्न नसक्ने भन्दै अन्तरिम आदेश जारी गरेको थियो ।
त्यसविरुद्व एमाले अध्यक्ष केपी शर्मा ओलीले फेरि भ्याकेट निवेदन दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्