
काठमाडौं, साउन १८ । मन्त्रिपरिषद् विस्तारबारे सत्ता गठबन्धनका नेताहरूबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल जारी छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच बालुवाटारमा छलफल चलिरहेको हो ।
सरकार गठन भएको २० दिन हुँदा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै सरकारको चर्को आलोचना भइरहेका बेला गठबन्धनका नेताबीच मन्त्रिपरिषद्लाई पूर्णता दिन छलफल भइरहेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्रीमा बालकृष्ण खाँण, ऊर्जामन्त्री पम्फा भुसाल, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र अर्थमन्त्री जनार्दन शर्मा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गर्नु बाहेक अन्यमा पूर्णता दिन सक्नुभएको छैन ।
गठबन्धन दलभित्रै नै कसलाई मन्त्री बनाउने भन्ने टुंगो नलाग्दा मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिलाई भएको हो ।
प्रतिक्रिया दिनुहोस्