
अक्कल कुँवर
काठमाडौं, साउन १८ । पार्टीको आन्तरिक कलह र आफ्नै कार्यशैलीले साढे ३ वर्षपछि सत्ताबाट बाहिरिएर विपक्षीको हैसियतमा पुगेको नेकपा एमालेको आगामी रणनीत कस्तो होला भन्ने आम चासो छ । सत्ता बर्हिगमनसंगै देखिएका संसद र सडकका दृश्यले विपक्षी दल एमाले सरकारको लागि टाउको दुखाई बन्ने निश्चित छ । एमालेका जिम्मेवार नेताहरुबाट आएका अभिव्यक्तिले पनि सरकार र विपक्षीबीच आगामी दिनमा असामान्य रस्साकस्सी हुने संकेत देखिन थालेको छ ।
सरकारी निवास बालुबाटारबाट बालकोटको बार्दली पुगेका एमाले अध्यक्ष केपी शर्मा ओली सरकारसँग पाइला–पाइलाको हिसाव लिने रणनीतिमा हुनुहुन्छ । संसदमा ठूलो दल हुँदाहुँदै सत्ताबाट बाहिरिनुको प्रतिशोध साँध्ने लाक्षणिक अभिव्यक्ति ओलीले दिइसक्नुभएको छ ।
एमालेसँग सदन र सडक मात्र नभई सरकारको प्रतिरोध गर्ने तमाम बाटाहरु छन् । संसदीय समिति, संवैधानिक परिषद् लगायतका मोर्चाबाट पनि विपक्षी एमालेले बदला लिने रणनीति बनाएको छ । लामो समयसम्म प्रतिशोध साँध्ने राजनीतिज्ञको छवि बनाउनुभएका अध्यक्ष ओलीले संबैधानिक परिषद्मै बदला लिने रणनीति बनाउनुभएको छ ।
तत्कालिन समयमा परिषद्का सदस्यद्धय प्रमुख विपक्षी दलका नेता शेरवहादुर देउवा र सभामुख अग्नि सापकोटाले संवैधानिक परिषद्को बैठकमा अनुपस्थित भएर कयौ पटक महत्वपूर्ण निर्णय गर्न सकेको थिएन । अहिले अवस्था ठिक विपरित भएको छ । परिषद्का सदस्यद्धय ओली र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना बैठकमा उपस्थित नभएर प्रधानमन्त्री देउवाको नियति पनि ओलीको जस्तै हुने निश्चित छ । विपक्षी दल एमालेले यही दाउ हेरिरहेको छ । सरकारले राम्रा काम गर्छ भने रचनात्मक रुपमा अघि बढ्छौ र सरकारले गल्ती गर्छभने दरो ढंगबाट प्रतिपक्षको भुमिले निर्वाह गर्ने नेकपा एमालेका सांसद मोहन बानियाँ बताउनुहुन्छ ।
एमालेको रणनीति बारे जानकार रहेको सत्तापक्ष पनि विपक्षीको भूमिका अनुसार प्रस्तुत हुने तयारीमा छ । प्रतिपक्षले उठाको आवाजलाई सरकारले सम्वोधन गर्नुपर्ने काम भएको नेपाली कांग्रेसका सांसद भिमसेनदास प्रधान बताउनुहुन्छ ।
प्रतिनिधिसभा पुनस्र्थापना र प्रधानमन्त्रीमा देउवाको नियुक्तिलाई एमालेले अझैपनि व्यवहारिक रुपले स्वीकार गरेको छैन् । सदन र सडकमा त्यसको बाछिटा देखिने निश्चित छ ।
प्रतिक्रिया दिनुहोस्