२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


रौतहटमा विद्यार्थी भर्नाको विषयमा झडप, १५ जना घाइते


0
Shares

रौतहट, साउन १८ । रौतहटको एक विद्यालयमा विद्यार्थी भर्ना र अध्यक्ष चयनको विषयमा विवाद हुँदा झडप भएको छ ।

झडपमा १५ जना घाइते भएका छन । रौतहटको विष्णुपुरस्थित श्री माध्यामिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष चयनका र नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना गर्ने विषयमा झडप भएको हो ।

माधव नारायण नगरपालिका वडानम्बर ४ का अध्यक्ष रामदेनी मुखियाको छोरा राम क्लेवर मुखिया र राजेश राय यादब पक्षबीच दोहोरो झडप भएको हो । विद्यालयमा नयाँ अध्यक्ष चयन गर्ने तयारी भएपछि वडाध्यक्ष मुखियाका छोरा रामतलेवर मुखियाले आफ्नो छोरा भर्ना गराउन विद्यालय पुगेपछि बिबाद भएको थियो ।

विद्यालयको अध्यक्ष हुन आफ्नै सन्तान विद्यार्थी हुनु पर्ने नियम भएपछि मुखियाका छोरा रामतलेवरले छोरा भर्ना गराउन विद्यालय पुगेका थिए ।

राम कल्वेर मुखिया पक्षको गरुडा नगरपालिकास्थित अनामिका अस्पताल र राजेश राय यादब पक्षको ग्राण्डी अस्पतालमा उपचार भैरहेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक शिद्धिविक्रम शाहले घटनामा संलग्न रामकलेवर मुखिया र दिलीप कुमार भण्डारीलाई नियन्त्रण लिएको बताउनुभयो ।