
काठमाडौं, साउन १८ । सभामुख अग्नीप्रसाद सापकोटाले भूकम्पले क्षतिग्रस्त भई अलपत्र अवस्थामा रहेको सिंहदरवारस्थित संसद भवनको अवलोकन गर्नु भएको छ ।
सभामुख सापकोटाले सोमबार दिउँसो भूकम्पले क्षतिग्रस्त सो संसद भवनको अवलोकन गर्नु भएको हो । सो भवनको अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सम्बन्धित पक्षसँग छलफल गरीे निर्माणको कामलाई तत्काल सुरु गराउने बताउनुभयो । भूकम्पले क्षति भएपछि अलपत्र अवस्थामा रहेको यो भवन ऐतिहासिक र पूरातात्विक महत्व रहेको भवनको सदुपयोग गर्न अवलोकन गरेको उहाँको भनाइ छ ।
राणाकालमा भारदार सभाका लागि प्रयोग गर्ने गरिएको यो भवनमा राणाकालको अन्त्यसँगै संसद भवनको रुपमा विकास गरिएको थियो । पञ्चायतकाल र बहुदलीय व्यवस्था र २०६२/०६३ सालको जनआन्दोलनपछि पुनस्थापित संसदको पहिलो बैठक समेत सोही भवनमा बसेको थियो ।
तर २०७२ साल जेठ १२ गतेको भूकम्पले क्षति पुगेको सो भवन ६ वर्ष बित्दासमेत पुननिर्माण हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्