
तस्बिर फाइल
काठमाडौं, साउन १९ । नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षको बैठक मंगलबार बस्दै छ ।
क्रियाशील सदस्यता विवाद, आगामी महाधिवेशन र सरकारका विषयमा छलफल गर्न बैठक बस्न लागेको नेताहरुले बताएका छन् । नेता प्रकाशमान सिंहको निवास ठमेलमा बैठक बस्ने बताइएको छ ।
कांग्रेसमा क्रियाशील सदस्यताको विवादका कारण आगामी भदौमा तय भएको १४औं महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका प्रभावित भएको छ ।
यसपटक महाधिवेशन गर्नैपर्ने बाध्यताका रहेपनि पार्टी सभापति शेरबहादुर देउवा गत असार २९ गते प्रधानमन्त्री नियुक्त हुनु भएको थियो ।
देउवा सरकार सञ्चालन र महाधिवेशन दुवैको दबाबमा रहनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्