२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025

विद्युत प्राधिकरणको निर्देशकमा फेरि कुलमान घिसिङलाई ल्याउने तयारी


13
Shares

kulman appeal protestor

काठमाडौं, साउन १९ । सरकारले नेपाल विद्युत प्राधिकरणको निर्देशकमा फेरि कुलमान घिसिङलाई ल्याउने तयारी गरेको छ ।

सरकारले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिन आग्रह गरिसकेको बताइएको छ ।

शाक्यको काम सन्तोषजनक नदेखिएको भन्दै राजीनामा दिन आग्रह गरेको बताइएको छ । शाक्य अगाडि प्राधिकरणको निर्देशकमा घिसिङ नै रहनुभएको थियो ।

घिसिङको कार्यावधि सकिएपछि तत्कालीन केपी शर्मा ओलीको सरकारले शाक्यलाई २०७७ माघ २७ गते नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

शाक्यलाई नियुक्त गर्नुअघि घिसिङलाई नै फेरि प्राधिकरणको निर्देशकमा पुर्ननियुक्ती गर्न माग गर्दै व्यापक जनदबाब आएको थियो । तर तत्कालीन सरकारले जनदबावलाई वेवास्ता गर्दै शाक्यलाई निर्देशक नियुक्त गरेको थियो ।