
काठमाडौं, साउन १९ । सुनसरीका उद्योगीहरुले तत्काल कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
उद्योगधन्दा संचालनका लागि आवश्यक वातावरण बनाउन पनि सरकारले तत्काल आफूहरुको उद्योगमा काम गर्ने श्रमिकहरुका लागि पहिलो प्राथमिकतामा राखेर खोप उपलब्ध गराउन माग गरेका हुन । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडका कर्मचारी प्रशासन प्रमुख महेश पोखरेलले मुलुकभित्र रोजगारी सृजन गर्ने उद्योगका श्रमिकहरुलाई राज्यले प्राथमिकता नदिनु दुःखद भएको टिप्पणी गर्नुभयो ।
सुनसरीको दुहवी–खनार लाईनमा मात्रै तीन दर्जनभन्दा बढि उद्योगहरु छन । तर ती उद्योगहरु संचालनको वातावरण बनाउन पनि सरकारले तत्काल कोरोनाविरुद्धको खोपको व्यवस्था गर्नुपर्ने उद्योगीहरुको भनाई छ । मान्छेहरुको धेरै जमघट हुने उद्योगहरुमा खोपको आवश्यक व्यवस्था मिलाए कोरोना संक्रमणको दरसमेत कम हुुने एशीयन थाई फुड्स प्रा.लि.का महाप्रबन्धक समिर साह बताउनुहुन्छ ।
कोरोनाको तेस्रो लहरको जोखिम बढेसँगै यहाँका उद्योगीहरुमा त्रास बढाएको छ । यता, स्थानीय प्रशासनले भने खोपका लागि ताकेता गरेपनि उपलब्ध गराउन नसकिएको प्रतिक्रिया दिएको छ ।
प्रतिक्रिया दिनुहोस्