
काठमाडौं, साउन १९ । युवा उद्यमी मौसम घिमिरेले नेपाल पत्रकार महासंघ ईमेज च्यानल प्रतिष्ठानलाई स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गर्नु भएको छ ।
मंगलबार प्रतिष्ठानले गरेको कार्यक्रममा उद्यमी घिमिरेले २ सय थान सर्जिकल मास्कसहितका सुरक्षा सामाग्री प्रदान गर्नु भएको हो ।
नेपाल पत्रकार महासंघ ईमेज प्रतिष्ठाले गरेको सामाजिक काममा सहयोगी बन्न पाएकोमा घिमिरेले खुशी व्यक्त गर्नुभयो ।
ईमेज च्यानल प्रतिष्ठानले कोरोना महामारी बढ्दै गएको अवस्थामा प्राप्त सामग्री उपयोगी हुने भन्दै सहयोगको लागी आभार व्यक्त गरेको छ । प्रतिष्ठानका अध्यक्ष शंकर खनालले कोरोना महामारी लम्बिदै जादा सञ्चारकर्मीका लागी मास्क अनिवार्य भएको बताउनुभयो ।
यस भन्दा अघि पनि प्रतिष्ठानले कोरोना महामारीबाट बच्नको लागी प्रयोग हुने सुरक्षा सामाग्री वितरण गर्दै आएको छ । त्यसैगरी संस्थामा कार्यरत सवारीचालक र सुरक्षाकर्मीलाई खाद्यान्नसमेत वितरण गरेको छ ।
प्रतिक्रिया दिनुहोस्