१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नेपाली अर्थतन्त्र समाजवाद उन्मुख हुन सकेन


0
Shares

काठमाडौं, साउन १९ । अर्थमन्त्री जनार्दन शर्माले संविधानले निर्दिष्ट गरे बमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यलाई ध्यान दिएर काम गर्न नवनियुक्त अर्थसचिव मधु मरासिनीलाई निर्देशन दिनुभयो ।

सचिवले प्रतिवद्धता जनाउनुभयो । नेपालको संविधानको भाग ४ को नीति निर्देशक सिद्धान्तमै तिव्र आर्थिक वृद्धि हासिल गर्दै राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर स्वतन्त्र बनाउँदै समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने राज्यको आर्थिक उद्धेश्य हुने उल्लेख छ ।

उत्पादनका साधनमा सामुहिक स्वामित्व समाजवाद उन्मुख अर्थतन्त्रको मुख्य स्वरुप हो । समाजवादी अर्थतन्त्रमा जनताको सहभागीता एवं सहकार्यमा उत्पादनका साधनस्रोतको प्रभावकारी परिचालन हुन्छ । हामी समाजवाद उन्मुख अर्थतन्त्र कार्यान्वयनको कुन चरणमा छौं त ? अर्थराजनीतिक विश्लेषक हरि रोक्का मुलुकमा अहिलेसम्म यो कार्यान्वयनमै नआएको बताउनुहुन्छ ।

संघीयता कार्यान्वयनमा आएको ५ वर्ष बितिसक्दा पनि नेपाली अर्थतन्त्र समाजवाद उन्मुख हुन नसकेको अर्थविद् केशव आचार्यको विश्लेषण छ ।

हालको अवस्था हेर्दा मुलुक समाजवाद उन्मुख अर्थतन्त्र भन्दा पनि पूँजीवादी अर्थतन्त्र उन्मुख भईरहेको अर्का अर्थविद् डा. शंकर शर्माको बुझाई छ ।

समाजवाद उन्मुख अर्थतन्त्रको अवधारणा अन्तर्गत् रोजगारी, शिक्षा, स्वास्थ्य, लगायतका आधारभुत आवश्यकताको व्यवस्थापनको मुख्य जिम्मा सरकारको रहन्छ । तर सरकारले यस तर्फ जिम्मेदारी बढाउने भन्दा घटाउँदै लगेको देखिन्छ ।