
काठमाडौं, साउन १९ । गृहमन्त्री वालकृष्ण खाँडले सुनचाँदी ब्यवसाय सञ्चालनमा क्रममा देखापर्ने समस्याहरुलाई समाधान गर्न सरकारले सहयोग गर्ने बताउनुभएको छ ।
नेपाल सनचाँदी ब्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग मंगलबार भएको भेटकाक्रममा मन्त्री खाँडले ब्यवसाय सञ्चालनकाक्रममा देखिने जुनसुकै समस्या समाधानकालागि मन्त्रालयले आवश्यक पहल गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।
मुलुकको कानूनले तोकेको सिमाभित्र रही कुनै पनि पेशा ब्यवसाय निर्वाधरुपमा सञ्चालनगर्न पाउनु सवैको अधिकार हो, मन्त्री खाँडले भन्नुभयो ‘यसरी ब्यवसाय सञ्चालन गर्दा कहीँ कतैबाट समस्याहरु आइपर्छन् भने त्यसालई हटाउन हामी तयार छौं ।’
सुनको खरिद विक्री, ओसार पसार, गरगहनाको निर्यात जस्ता कार्यहरु गर्दा कहीँ कतैवाट अप्ठ्यारो पर्न नहुने भन्दै उहाँले ब्यवसाय सञ्चालनका दौरानमा अनावश्यक झन्झट र समस्इया आएमा त्यसको निराकरणकालागि सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता उहाँले जनाउनुभयो ।
गृहमन्त्री खाँडसँगको भेटकाक्रममा महासंघका अध्यक्ष माणिक रत्न शाक्यले ब्यवसायीले तोकिएको प्रकृया पुरा गरेर खरिद गरेको सुन ओसार पसार गर्दा पनि अनावश्यकरुपमा झमेला ब्यहोनु पर्ने, सुन खरिद विक्रिका क्रममा अनावश्यक झन्झटहरु आइपर्ने, अनाहकमा ब्यवसायीलाई दुःख दिइने र झटा मुद्धाहश्रु लगाइने जस्ता समस्याहरुको बारेमा मन्त्री खाँडलाई जानकारी गराउनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्