राजनीतिक संकट चुलिँदै गएपछि माल्टाका प्रधानमन्त्री जोसेफले पदबाट राजीनामा दिने

news

काठमाडौं, मंसिर १६ । पत्रकार हत्याको विरोधमा राजनीतिक संकट चुलिँदै गएपछि माल्टाका प्रधानमन्त्री जोसेफ मस्कटले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्दै प्रधानमन्त्री जोसेफले पत्रकार कारुआना गालिजियाको हत्यापछि उत्पन्न राजनीतिक संकट समाधानकै लागि पदबाट आगामी महिना राजीनामा दिने घोषणा गरेका हुन् ।

उनले राष्ट्रपतिसमक्ष आगाम्ी जनवरी १२ तारिखमा राजीनामा दिने औपचारिक जानकारी गराएको माचारमा जनाइको छ ।

सञ्चारकर्मीको हत्याको छानविन गर्न दवाव दिँदै विपक्षीहरुले घटनाको निष्पक्ष छानविनका लागि प्रधानमन्त्री जोसफको राजीनामा मागेका थिए ।

उनीहरुले घटनाको स्वतन्त्र छानविन गर्न प्रमाणहरु नष्ट हुने र प्रभावकारी रुपमा छानविन हुनेमा आशंका व्यक्त गर्दै प्रधानमन्त्रीले राजनीमा दिएर मार्ग प्रशस्त गर्नुपर्ने अडान राखेका थिए ।

माल्टाका सरकारी अधिकारीहरुको भ्रष्टाचारको अनुसन्धान गरिहेका बेला सन् २०१७ मा कारुआना गालिजिया कार बम बिवस्फोटमा परकी थिइन् । एजेन्सी

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...